president lama

सेफ्स एशोसियशन अफ नेपालका अध्यक्ष श्यामबहादुर लामा को हुन् ?


  •  माउन्टेन खबर
  •  शनिबार, माघ ६, २०८०
  • 733SHARES    

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको महेन्द्रज्योती गाउँ विकास समिति वडा नं ३ देउराली ठूलोगाउँमा जन्मनुभएका वरिष्ठ सेफ्स श्यामबहादुर लामा विगत ३४ वर्षदेखि सेफ्स पेशामा आवद्ध हुनुहुन्छ ।

सन् १९८९ मा होटल सोल्टीबाट कुक तालिम लिनुभएका लामा सुरुमा सोही होटलमै आवद्ध भएर आफ्नो करियर अगाडि बढाउनुभयो । डेढ दशकभन्दा बढी समय सोल्टी होटलको किचनमा विताउनुभएका उहाँ सोही समयमा नै नेपालको मार्सल आर्ट जगतको तेवान्डो प्रशिक्षण गरी प्रशिक्षकसमेत बन्नुभयो । लामाले सोही बेलामा ‘टु डान ब्याकबेल्ट’ समेत प्राप्त गरिसक्नुभएको थियो । सन् २००२ मा फा कुलिनरी आर्ट प्रतियोगिता (फुड एण्ड होटल एशिया कम्पिटिसन २००२ सिंगापुर)मा नेपालबाट पहिलोपटक प्रतियोगितामा सहभागी हुनुभएको थियो ।

सन् २००४ सालसम्म सोल्टी होटलमा कार्यरत वरिष्ठ सेफ्स लामा त्यसपछि भने कतारको व्रिटिस एम्बेसीमा गएर सेफको काम रहनुभयो । सोही समयमा कतारको दुई ठूला होटल (रमदा होटल र इन्टरकन्टिनेन्टल) होटलमा ६÷६ महिनाको इन्टनशीप गर्नुभयो । उहाँलाई दुई ठूला होटलमा इन्टनशीप गर्ने अवसर भने व्रिटिस एम्बेसीले जुराईदिएको थियो । लामा आठ वर्ष कतारमा बस्नुभएको थियो । सोही अवसरमा उहाँले तत्कालिन कतारका राजा (शेख) को परिवार र बेलायतको राजा चाल्र्सको परिवारलाई खाना खुवाउनसमेत भ्याउनुभएको थियो । सोही बखत राजदूतबासबाट प्रकाशित हुने म्यागेजिनमा समेत सेफ्स लामा प्रशंसासहितको कन्टेन छापिएको थियो ।

सेफ्स एशोसियशन अफ नेपालको साधारण सदस्य बनिसक्नुभएका लामा सन् २०१० मा कतारबाट नेपाल फर्किएलगत्तै सोही एशोसियशनको आजिवन सदस्यसमेत लिनुभयो । विदेशमा गरेको कामको अनुभवलाई स्वदेशमा पस्कने उदेश्यले उहाँले काठमाडौँको वानेश्वरमा छाप्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभयो । तत्कालिन समयमा नेपालमा भएको अत्याधिक लोडसेडिङका कारण उहाँले सोही रेष्टुरेन्ट सञ्चालन गर्न सक्नुभएन । उहाँले सोही रेष्टुरेन्ट बेचेर पुनः नोकरीको बाटो रोज्दै सन् २०११ मा लाजिम्पाटस्थित होटल शंकरमा कार्यकारी सेफ्सको रुपमा काम सुरु गर्नुभयो । शंकर होटलमा चार वर्ष कार्यकारी सेफ्सको भूमिकामा कार्यरत लामा त्यसपछि सोल्टीमोडमा सञ्चालित ग्राण्ड होटलको कार्यकारी सेफ्स बन्नुभयो ।

ग्राण्ड होटल तीन वर्ष काम गर्नुभएका उहाँ त्यसपछि मुड्स लउन्ज एण्ड बारको कर्पोरेट सेफका रुपमा काम गर्नुभयो । सोही क्रममा उहाँ असिन्टेन्ट जनरल म्यानेजरको भूमिकासमेत निर्वाह गर्नुभयो । त्यसपछि जापानीज पोजेक्टअन्तर्गतको पोखराको साराङकोटको अन्नपूर्ण भ्यू होटलको किचन व्यवस्थापनको जिम्मेवारी लिनुभयो । उक्त पोजेक्टको जिम्मेवारी सकेर उहाँ काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गी होटलमा काम गर्नुभयो । त्यसपछि उहाँले ए वान फास्ट फुडको सेन्ट्रल किचेन सञ्चालनको कर्पोरेट सेफ्स बन्नुभयो । सोही बखत उक्त कर्पोरेटमा काम गर्दागर्दै उहाँ सिद्धार्थ विजनेश गुप्रको नेपालगञ्जमा रहेर इस्टन रिजनल सेफको रुपमा काम गर्नुभयो । लगत्तै झापाको विर्तामोडस्थित टायमलेस मुमेन्ट होटलको किचन व्यवस्थापकको काम कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

झापाबाट काठमाडौँ फकर्नुभएका वरिष्ठ सेफ्स लामाले नेपालकै सबैभन्दा धेरै शाखा रहेको ‘द वर्गर हाउस एण्ड क्रन्चि फ्राईड चिकेन’को कर्पोरेट सेफका रुपमा काम गर्नुभयो । बर्गर हाउसको हाल देशभर १५० भन्दा बढी शाखा रहेका छन् । अध्यक्ष सेफ्स काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक सञ्चालित एपेक्स विजनेश होटलमा कार्यकारी सेफ्सका रुपमा कार्यरत हुनुहुन्छ ।

डिवाईके हस्पिटालिटीको लगानी तथा दुर्गाप्रसाद सुवेदीको अध्यक्षतामा सञ्चालित एपेक्स होटलमा सुविधासम्पन्न दुईवटा रेष्टुरेन्ट, एक मिटिङ हल, एक कफि शप, एक फाइन डाइनिङ र विभिन्न प्रकारका (स्वीट, डिलक्स र साधारण) सहित ४० वेडरुम रहेका छन् । कर्पोरेट हाउसको जागिर हुँदाहुँदै सेफ्स एशोसियशन अफ नेपालको नेतृत्वमा पुगेसँगै समय अभावका कारण उहाँले वर्गर हाउसको जागिर छाडेर आफ्नो सबै समय सेफस एशोशियसन अफ नेपाललाई प्रदान गर्नुभयो ।

सेफ्स एशोसियशन अफ नेपाल अध्यक्ष भएसँगै उहाँलाई विभिन्न तारे होटलले जागिरका लागि अफर गरेपनि उहाँले अस्वीकार गरि पछिल्लो समय कन्सल्टेन्टका रुपमा एयरपोर्ट होटलमा अप्रेसन र एपेक्स विजनेश होटल एयरपोर्टमा किचन कन्सल्टेन्ट हुनुहुन्छ । कामको शीलशिलामा कतार पुग्नुभएका लामा कतारबाट फर्केलगत्तै सेफ्स एशोसियशन अफ नेपालको आजिवन सदस्य भई सेफ्समा आवद्ध हुनुभयो । उहाँ सोही समयमा नै सेफ्स एशोसियशन अफ नेपालको वोर्ड सदस्य बन्नुभयो । त्यसपछि एशोसियशनको कोषाध्यक्ष हुँदै सन् २०२१–२०२३ को एशोसियशनको अध्यक्षमा निर्वाचित हुनुभयो । अत्याधिक मतका साथ एशोसियशनको अध्यक्ष निर्वाचित लामाले आफ्नो कार्यकालमा सेफ्स एशोसियशन अफ नेपाललाई थप उचाईमा पु¥याउन अहोरात्र खट्दै आउनुभएको छ । उहाँले आफ्नो कार्यकालमा हालसम्म ६० भन्दा बढी संस्थागत र सामाजिक कार्य गरिसक्नुभएको छ । उहाँले आफ्नो कार्यकालमा नेपाल पर्यटन वोर्ड, होटल एशोसिशयन नेपाल (हान), युएनडिपीसँग मिलेर नेपाली खानालाई प्रवद्र्धन गर्नका लागि प्रमुख प्रशिक्षक (मास्टर सेफ्स)को भूमिका निर्वाह गर्नुभएको छ ।

काभ्रेको मध्यम परिवारमा जन्मनुभएका लामाले सेफ्स पेशामा रहेर आफ्ना सन्तानलाई उच्च शिक्षा हाँसिल गराउनुभएको छ । उहाँको छोरो होटल म्यानेजमेन्ट अन्तर्गत नाथमबाट स्नातकोत्तर (मास्टर) र छोरी विएसी नर्सिङ सिध्याई मास्टर गरिरहनुभएको छ । सेफ्स पेशामै लागेर उहाँले काठमाडौँमा आफ्नो स्थायी वासस्थानसमेत निर्माण गर्नुभएको छ र सोही टोलमा उहाँ टोल विकास समितिको संयोजकसमेत बनेर सामाजिक काम गर्दै आउनुभएको छ ।

president lama

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top